amblypia in Nepal optometry education

भिजन थेरापी (Vision Therapy) र अल्छी आँखाको उपचार

Academy License

भिजन थेरापी (Vision Therapy) मार्फत अल्छी आँखाको उपचार कसरी गर्न सकन्छि ?

लेखकः
रिङ्कल सुवाल (दृष्टि विशेषज्ञ— बाल आँखा नाक, कान घांटी अस्पताल एवं पुनस्थापना सेवा, लोकन्थली, भक्तपुर, )
हिरा नाथ दाहाल (दृष्टि विशेषज्ञ— बी. पी. लायन्स नेत्र अध्ययन केन्द्र, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज, काठमाडौँ)

आँखाको विभिन्न समस्याहरूमध्ये अल्छी आँखा पनि एक हो । आँखामा कुनै पनि प्याथोलोजिकल खराबी नभई आँखाको देख्न सक्ने क्षमतामा कमी हुनुलाई नै अल्छी आँखा (Amblyopia) भनिन्छ । यस समस्यालाई चिकित्सकीय भाषामा Amblyopia भनिन्छ । अल्छी आँखा विशेषगरी बाल्यकालमै देखिने हुनाले बालबालिकाले आफुलाई भएको समस्या व्यक्त गर्न सक्दैनन्् । धेरैजसो बालबालिकालाई त आफ्नो आँखाको दृष्टि कम छ भन्नेसम्म पनि थाहा हुँदैन । अधिकांश अभिभावकहरूलाई पनि यस समस्याकोबारे जानकारी नभएको देखिन्छ । आँखाको अन्य समस्यामा जस्तै, झट्टहेर्दा आँखा रातो हुने, आँसु बग्ने र दुख्ने, पोल्ने जस्ता कुनै लक्षणहरू नहुने भएकाले सर्वसाधारणलाई अल्छी आँखाको बारेमा ज्ञान नभएको देखिन्छ ।
कतिपय मानिसले अल्छी आँखाको बारेमा सुनेको भएतापनि यसबारे उनीहरूको बुझाई फरक पाईन्छ । बिहान उठ्दा आँखा खोल्न गा¥हो हुने, पढ्ने बेलामा हाई आउने, आँखा झुमझुम हुने जस्ता लक्षणहरू भएमा अल्छी आँखा भएको होकी भन्ने बुझाई पाईन्छ तर वास्तवमा अल्छी आँखा फरक समस्या हो ।
अल्छी आँखा विभिन्न कारणहरूले हुन सक्दछ जस्तैः

  •  जन्मजातै एक वा दुवै आँखामा पावर हुनु (Refractive error)
आँखामा पावर हुनु (Refractive error)
आँखामा पावर हुनु (Refractive error)
  •  जन्मजातै आँखा छड्के हुनु (Squint)जन्मजातै आँखा छड्के हुनु (Squint)जन्मजातै आँखा छड्के हुनु (Squint
  •  जन्मजातै आँखाको माथिल्लो ढकनी झुकेको हुनु (Ptosis) यसले गर्दा सो आँखामा पर्याप्त मात्रामा प्रकाशको किरण नपर्नुआँखाको माथिल्लो ढकनी झुकेको हुनु (Ptosis)आँखाको माथिल्लो ढकनी झुकेको हुनु (Ptosis)
  •  आँखामा कुनै किसिमको चोटपटक लाग्नु (Trauma)
    र माथि उल्लेख गरिएका कारणहरूको मिश्रण

पुरा महिना नपुगिकन जन्मेको बच्चा, जन्मदा कम तौल भएको, परिवारमा कसैलाई अल्छी आँखाको समस्या भएमा र अन्य शारीरिक तथा मानसिक विकासमा समस्या वा बिकृति भएका बालबालिकामा अल्छी आँखा हुने जोखिम अझ बढी हुन्छ ।

सन् २००६ देखि २०११ सम्म नेपाल आँखा अस्पताल, काठमाडौँमा भएकोे अनुसन्धानले ०.९ प्रतिशत विद्यालय जाने उमेरका बालबालिकामा अल्छी आँखाको समस्या रहेको पाइएको छ । त्यसैगरी, भरतपुर आँखा अस्पतालले सन् २०११ र २०१२ मा गरेको अध्ययनले १.४ प्रतिशत बालबालिकामा यो समस्या रहेको देखाएको छ । बिश्वव्यापी रुपमा हेर्ने हो भने एसिया र अफ्रीका भन्दा अमेरिका र यूरोपमा अल्छी आँखाको समस्या बढी व्याप्त पाईएको छ । सन् २०१६ मा यूरोपमा गरिएको एक अध्ययनले ३.६७ प्रतिशतमा यो समस्या भेटिएको छ ।
दोस्रो व्यक्तिले हेर्दा अल्छी आँखाको समस्या सजिलै पत्ता लगाउन गा¥हो हुन्छ । यो अवस्थामा बालबालिकाको एक वा दुवै आँखाले राम्रोसँग देख्न सक्दैनन् जुन बालबालिकाले व्यक्त गर्न सकिरहेका हुँदैनन् तसर्थ यो समस्या समयमा पहिचान गर्न सकिँदैन । अल्छी आँखाको समस्याले तत्कालै विशेष असर नगरेता पनि बच्चाको दीर्घकालीन विकास र जीवनशैलीमा नराम्रो असर पुयाउदछ । जस्तैः

  • पढाई लेखाईमा कठिनाई
  •  खेलकुदमा समस्या
  •  पेशागत काममा समस्या
  •  कमजोर आँखाका कारण आत्मविश्वासमा कमीभई सामाजिक व्यबहारमा असर
  •  शारीरिक असन्तुलन
  • आँखाको गहिराई नाप्न सक्ने क्षमता (Depth Perception) मा कमि हुँदा हिँडडुल गर्न, साइकल, मोटरसाइकल तथा गाडी चलाउन आँखा हात, खुट्टा, र शरीरको सन्तुलन नहुने भएकाले काम गर्न नसक्नु

यसकारणले अल्छी आँखाको सहि समयमै निदान गरि सहि उपचार गर्न अत्यन्तै जरुरी हुन्छ । अभिभावक र बिद्यालयका शिक्षक बालबालिकासंग लामो समय नजिकै रहने भएकाले उनीहरूले अल्छी आँखाको बारेमा जान्नु आबश्यक हुन्छ । यदि बालबालिकाले कुनै कुरा हेर्दा आँखा चिम्सो वा टाउको छड्के गरेर हेर्ने, पढ्ने तथा लेख्ने वस्तुहरू आँखाको धेरै नजिक लैजाने, उज्यालोमा हेर्न वा बस्न गार्हो मान्ने जस्ता लक्षणहरू देखाएमा अल्छी आँखाको समस्या छ कि भनेर अनुमान लगाउन सकिन्छ र तुरुन्तै दृष्टि विशेषज्ञसंग परामर्श लिन पर्दछ ।

साधारण मानिसको दृष्टि सफा र स्पष्ट हुन्छ जसलाई चिकित्सकीय भाषामा 6/6 भनेर बर्गिकरण गरिन्छ । साधारणतया मानिसको आँखामा कुनै समस्या नहुँदा सफा र स्पस्ट देख्ने मात्र नभई कुनै पनि बस्तुको आकार, प्रकार र गहिराईसमेत नाप्ने क्षमता हुन्छ र बस्तुको यथार्थ आकृति देख्न सक्छ । तर अल्छी आँखा हुने बालबालिका वा व्यक्तिले त्यसरी बस्तुको वास्तविक आकृति देख्न सक्दैनन् ।

अल्छी आँखाको उपचार दृष्टि विशेषज्ञ (Optometrist) मार्फत भिजन थेरापी (Vision Therapy) द्वारा गर्न सकिन्छ । भिजन थेरापी एक पर्यवेक्षित (supervised) विना शल्यक्रियाको दृश्य गतिविधिहरूको अनुकुलित थेरापी होे जुन दृष्टि समस्याको सुधार गर्न बनाईएको उपचार विधि हो । अल्छि आँखाको उपचार आँखामा पट्टि लगाएर गर्ने भएतापनि, पट्टी लगाउँदा दुवै आँखाको सन्चालनमा सहयोग नगर्ने र पट्टि लगाएर दृष्टि बढ्ने भएतापनि पछि फेरी पट्टि लगाउन बन्द गरेपछि दृष्टि कम हुन सक्दछ । भिजन थेरापी मार्फत अल्छी आँखाको उपचारका लागि विभिन्न किसिमका लेन्स, प्रिजम, फिल्टर र विभिन्न उपकरणहरूको उपयोग मार्फत दृष्टि बढाउने संगसंगै दुवै आँखालाई संगै कसरी संचालन गर्न सकिन्छ भनेर सिकाउन मद्दत गर्दछ ।

अल्छी आँखाको उपचारमा भिजन थेरापीले निम्न क्षेत्रहरूमा सुधार गर्ने गर्दछ । जस्तैः

  •  दृष्टि संज्ञानात्मक सीप (Visual cognitive skills): वस्तुको आकार बुझ्न सक्ने क्षमता बृद्घि गर्ने
  •  दृष्टि स्थानीक सीप (Visual spatial skills): वस्तुको स्थान र दिशा बुझ्न सक्ने क्षमता बृद्घि गर्ने
  •  दृष्टि विश्लेषणात्मक सिप (Visual analysis skills): दृश्यको जानकारी पत्ता लगाउने, छनौट गर्ने, याद गर्ने र विश्लेषण गर्ने प्रक्रियामा बृद्घि गर्ने
  •  दृष्टि तथा हात, खुट्टा र शरीरको एकीकरण सीप (Visual motor integration skills: दृश्य संगै शारीरिक अंगको प्रयोग गर्ने क्षमता बृद्घि गर्ने
  •  आँखाको मांसपेशीको सीप (Oculomotor skills): दुवै आँखा बराबर चलाउन सक्ने क्षमता बृद्घि गर्ने
  •  आँखाको लेन्सद्वारा फोकस गर्ने सीप (Accommodative skills): आँखाको लेन्सद्वारा सफा र स्पस्ट देख्न सक्ने क्षमता बृद्घि गर्ने र,
  •  दुवै आँखाको प्रयोग (Binocularity): दुवै आँखाले एक साथ दृश्य देख्न सक्ने क्षमता बृद्घि गर्ने

विभिन्न अध्ययन अनुसार अल्छी आँखाको समस्या आँखामै समस्या हुनु नभई आँखा र दिमागबीचको सन्तुलन र समन्वय नमिल्दाको कारणले भएको हो भन्ने कुरा देखिएको छ । दिमागले सही वस्तुलाई सहि ढंगले बुझ्न नसक्ने भएकाले नै दृष्टिमा कमी हुने गर्दछ । सन् १९७७ मा अमेरिकामा भएको अध्ययनले अल्छी आँखाको उपचार कुनै पनि उमेरमा गर्न सकिने निश्कर्ष निकालेको छ । न्यूरोप्लास्टिसिटी जुन मस्तिष्कमा स्नायुप्रणालीको सञ्जालको विकास र पुर्नस्थापन गर्न कुनै पनि उमेरमा हुन सक्ने अध्ययनमार्फत अल्छी आँखाको उपचार मृत्यु भन्दा अघि कुनै पनि उमेरमा भिजन थेरापीद्वारा गर्न सकिन्छ ।

कुनै पनि बालबालिका वा व्यक्तिहरूमा अल्छी आँखा हुन सक्दछ । त्यसैले हामीले बालबालिका लगायत वयस्क सबै मानिसहरूले नियमित रुपमा आँखाको जाँच तथा परामर्श अनिवार्य गर्नु पर्दछ । हामीले आफ्नो आँखा पालैपालो दायाँ र बायाँ छोपेर पनि दुवै आँखामा दृष्टि समान छ कि छैन भनेर थाहा पाउन सक्छाँै । यदि दृष्टि असमान भएको देखिए तुरुन्तै आँखा जाँच गर्नु पर्दछ । यदि आँखा जचाउँदा अल्छी आँखा देखिए तुरुन्तै दृष्टि विशेषज्ञको परामर्श अनुसार भिजन थेरापी पद्दतिबाट उपचार सुरु गर्न पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *