
मेरो घरतिर मलाई डा. साब भन्छन्
प्रायले एउटै कुरा सोध्छन्
डा. सन्दुक रुइत जस्तै हौ नानी तिमी पनि ?
आँखा पनि फेर्छौ होला है ?
मेरो आँखा हेर्देउन एक पल्ट !
अली धमिलो देख्छु आजकाल !
ए नानि, मेरो आँखाको power फेरी फिर्ता आउँछ ?
शल्यकृया पनि गर्छौ होला हैन ?
मैले सम्झाउँछु,
म दृष्टी विशेषज्ञ हुँ
मैले आँखा फेरिदिने हैन !
मैले शल्यकृया पनि गर्दिन !
बरु तपाइको धमिलो देख्ने आँखामा,
चस्मा दिएर हुन्छ, या contact lens दिएर हुन्छ
सफा देख्ने बनाउन सक्छु !
तपाइको आँखाको power मैले एस्सै हेरेरै मात्रै भनिदिन कहाँ सक्छु र ?
बरु अस्पताल आउनुस कती रैछ पत्ता लगाइदिन्छु !
अनी आँखा फेर्ने भन्दैमा पुरै आँखाको गेडी नै फेर्ने हैन नि !
आँखाको नानी मात्रै फेर्ने हो,
जुन काम नेत्र विशेषज्ञद्वारा गरिन्छ
मैले त्यो बाहेक अरु धेरै काम गर्छु…!!!!
तपाइको आँखाले धमिलो देख्दा मैले,
कसरत गर्न सिकाउँछु,
अल्छी आँखालाई दुरुस्तै बनाउन लागी पर्छु
आँखाको पर्दा जस्लाई retina भनिन्छ
त्यस्को चेक्-जाँच गर्छु !
आँखाको नानी स-कुशल छ/छैन विचार गर्छु !
Bacteria, fungus, virus ले आँखा बिरामी पार्यो भने
जाँचेर औषधी दिइ निको पार्न सक्छु….!!!
म दृष्टी विशेषज्ञ हुँ,
मैले चस्मा बनाउने हैन !
मैले त केवल सल्लाह दिने हो,
चस्मा बनाउने काम त optician को हो !
मैले LASER र LASER surgery गर्दिन,
त्यो काम नेत्र विशेषज्ञको हो !
तर नेत्र सहायक, नेत्र विशेषज्ञहरु सँग मिली अरु थुप्रै कामहरु गर्छु……!!!
मैले अस्त्रको रुपमा
Slit lamp, ophthalmoscope, retinoscope चलाउँछु
बाङ्गिएको आँखा,
अर्थत ठेट नेपालिमा भन्नपर्दा डेडो आँखालाई कसरत गर्न लगाइ,
सिधा बनाउने प्रयत्न गर्छु !
मैले मोतिबिन्दु, जलबिन्दु जाँच गर्छु !
मोतिबिन्दु हुनेहरुलाई शल्यकृया गर्नुपर्छ है
भन्दै सल्लाह सुझाब दिन्छु,
जलबिन्दु यदी छ भने
बेलाबेलामा दृष्ट्स्नायु अर्थत optic nerve जाँच गराइरहनु पर्छ भनेर सम्झाँउछु…..!!!
सुक्खा आँखा,रातो आँखाले दुख दिँदा
Eye drop prescribe गरी सहज गराइदिन सक्छु !
सेतो apron लगाएर मैले जनकल्याण गर्छु,
मान्छेहरुको कमजोर हुँदै गएको दृष्टी जोगाउन टेवा पुर्याँउछु,
एउटा सिङ्गो संसार नै अटाउने यी अद्भुत आँखाहरु जचाँउछु,
सही अर्थमा भन्नु पर्दा जोगाँउछु….!!!!
बिदेशीएका मेरा साथिहरुले घरी-घरी उहि ढिपी गरिरहन्छन्,
नेपाल आएसी मेरो आँखाको operation तैँलाई गर्न लगाँउछु !
अनी मैले फेरिपनी उहि कुरा दोहोराँउछु,
म दृष्टी विशेषज्ञ हुँ,
मैले vision restore गराँउछु,
LASER र LASIK नेत्र विशेषज्ञहरुलाई जिम्मा लगाँउछु,
आफ्नै clinic मै रमाउँछु….!!!!
डा. साब मैले सबै छर्लङ्गै देखेँ भन्दै
खुशी हुँदै clinic मा आउनेहरुको हर्षमा,
आफुपनी मुसु-मुसु हाँसी खुशी प्रकट गर्छु !
आफुले पढेको विषयमा फगत छाती चौडा बनाइ,
लामा-लामा सुस्केरा हाली गर्व गर्छु !
अर्काको आँखाबाट आफुले संसार देखेझैँ मान्छु,
बगैँचाको संरक्षक एउटा मालिझैँ आफुलाई ठान्छु,
पुरै संसार अटाउने यी आँखालाई मैले जोगाउँछु….!!!
साँच्चै यी साना आँखा अद्भुत छन्,
यी साना आँखामा यो विशाल विश्व अटेको छ,
तिम्ले, उस्ले, मैले, सबैले देख्ने अलग-अलगै शहर बसेको छ,
औँसिको कालो पनि यसैमा कैद भएको छ,
झलल चाँदीझौँ टल्कने पुर्णिमाको उज्यालो पनि गुम्सिएर लुकिबसेको छ,
एउटा सानो कमिला पनि ठम्याकै छ,
अनि, सोचेभन्दा विशाल नक्षेत्रहरु पनि समेटेकै छ….!!!!
अनी यिनै साना अद्भुत आँखाहरु,
जसभित्र सारा संसार अटाँउछ,
हो त्यसैलाई जचाउने म,
त्यसैलाई जोगाउने म,
दृष्टी विशेषज्ञ….!!!!!