टेडो / छड्के (Squint) आँखा

साधारणतया मानिसका दुईवटा आँखाले सँगसँगै मिलेर काम गर्ने गर्दछन्। कुनै पनि एउटा वस्तुलाई हेर्नुपन्यो भने दुईवटै आँखाका दृष्टि रेखाहरू त्यही वस्तुमा गएर काटिन्छन् । त्यस्तै टाढाको वस्तुलाई हेर्दा ती दुई दृष्टिरेखाहरू समानान्तर बनेर गएका हुन्छन् । तर कुनै कारणबस टाढाको वस्तुलाई हेर्दा पनि दुई दृष्टिरेखाहरू समानान्तर नभई भित्र वा बाहिर तथा तलमाथि मोडिने हुनसक्छन्। जसले […]

Continue Reading

चस्मा लगाउनेले जान्नुपर्ने कुराहरू

इजिप्टका अब्रिगले इसापूर्व २०० मा काँच (सिसा) को कला विकास गरेदेखि  विश्वमा चस्माको प्रयोग हुन थालेको अनुमान गरिन्छ। पहिले दृष्टि कमजोर भएकाहरूले मात्र चश्मा प्रयोग गर्थे तर हाल आएर विभिन्न प्रयोजन र फेसनको लागि पनि चस्मा प्रयोग गरिन्छन् । विश्वका ४० वर्षभन्दा मुनिका करिब ४० प्रतिशत मानिसहरूमा दृष्टि कमजोरी भेट्टाइएको छ। त्यस्तै ४० वर्षमाथिकालाई त […]

Continue Reading

आँखाको कसरत (Eye Exercise)

शरीरको त कसरत हुन्छ। आँखाको पनि कसरत हुन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ तर अब अचम्म मान्नुपर्ने अवस्था छैन । विश्वमा आँखाको कसरत प्रयोगमा आएको शताब्दीऔं भइसकेको छ तर पनि यसले वैज्ञानिक मान्यता प्राप्त गरेको भने करिब एक शताब्दी अघिबाट दृष्टि विज्ञानको प्रवेशसँगै हो । हालसालै गरीएको एक अध्यायन अनुशार धेरैजसो नेत्ररोग विशेषज्ञहरू आँखाको कसरतमा […]

Continue Reading

अल्छी आँखा (Amblyopia)

सबै तरिकाले हेर्दाखेरि आँखा तथा आँखाका भागहरू सद्दे देखिने अथवा एनाटोमिकल्ली तथा प्याथोलोजिकल्ली सामान्य अवस्था देखीए पनि आँखाको दृष्टिशक्ति कमजोर हुनुलाई अल्छी आँखा भनिन्छ। यस्तो आँखालाई जाँच गराउँदा सद्दे आँखाजस्तै देखिन्छ, अझ भन्नुपर्दा न त डाक्टरले आँखामा केही खराबी देख्छ न त विरामीले राम्रो सँग देख्दछ। धेरैजसो मानिसमा एउटा आँखामा मात्र देखिने यो समस्या कुनै-कुनै […]

Continue Reading

सेतो मोतिबिन्दु (Cataract)

आँखाको लेन्स (Lens) मा आएको सेतोपनलाई मोतिविन्दु (Cataract) भनिन्छ । हाम्रो आँखाको लेन्स शीशा भन्दा पनि सफा र पारदर्शी हुन्छ । उमेर बढ्नुको साथ-साथै आँखामा सेतो आउन थाल्छ । जब यो सेतोपन धेरै बढ्छ, तब यसलाई मोतिबिन्दु (Cataract) भनिन्छ । वस्तुबाट प्रकाश किरणहरू आँखाको सफा लेन्सबाट गुजिन्छन् र दृष्टि पटलमा केन्द्रित हुन्छन् । जसबाट वस्तु […]

Continue Reading

उच्च रक्तचाप र आँखा

उच्च रक्तचाप (High Blood Pressure) उमेर बढ्दै गएपछि ती मानिसहरूमा अधिक पाइन्छ, जो मानसिक तनाव, मोटोपन, व्यायामको कमी, सिगरेट-रक्सिको अत्यधिक सेवन, पूरै निद्रा नलिने, भोजनमा नुनको अधिकताको शिकार छन् र जसका मातापितालाई उच्च रक्तचाप छ । उच्च रक्तचाप ती मानिसहरूलाई पनि अधिक हुन्छ, जो ईर्ष्यालु, शंकालु, मानिसहरूलाई घृणा भाव राख्ने, अरूहरूलाई नोक्सान पुऱ्याउने बारेमा सोच्ने, […]

Continue Reading

मधुमेह (Diabetes) को आँखामाथि प्रभाव

मधुमेह (diabetes) एक पुरानो रोग हो, जसमा रगतमा चिनी (sugar) बढ्छ । यो दुई प्रकारको हुन्छ । पहिलो किसिमको मधुमेह (Diabetes) बच्चाहरूमा हुन्छ । यसमा इन्सुलिन हर्मोन, जुन पेन्क्रियाजमा बन्छ र शरीरमा चिनीलाई नियन्त्रित गर्छ, बन्न बन्द हुन्छ । तर नब्बे प्रतिशतभन्दा अधिक मानिसहरूलाई दोस्रो प्रकारको मधुमेह ४० वर्षको अवस्थाको आसपासमा हुन्छ, जसमा इन्सुलिन त […]

Continue Reading