बुढेसकालको आँखा (Age Related changes on Eyes)

Academy Education Entrance Eye Health Innovations Lifestyle Magazine News Optometry In Nepal Policy for Eye health Program Tech Travel Webinars

उमेर ढल्कँदै जाँदा शरीरका कुन पो अंग जवानीको जस्तो तन्दुरुस्त हुन्छन् र? Old is Gold भनिए पनि कुन पो थोत्रो सामान नयाँजस्तो प्रभावकारी हुन्छ र ? त्यसमा आँखा पनि अपवादमा पर्दैन। बुढेसकालको थालनीसँगै आँखामा पनि विभिन्न समस्याको सुरुवात हुन्छ । यसले गर्दा बिस्तारै दृष्टि कमजोर हुँदै जान्छ र हरियाली सुन्दर संसार धमिलो बन्दै जान्छ भखरै बुढेसकालको सिंढी उक्लिएका मानिसहरूलाई झट्ट पहिलाको भन्दा धमिलो संसार देख्दा डरलाग्न सक्छ, शंका उपशंकाले मन बहाइदिन्छ कतै आँखा नै नदेख्ने पो भइने होइन ? यस्ता मानिसहरू चाहिनेभन्दा बढी आत्तिएको पाइन्छ । यसैले उमेरको वृद्धि सँगसँगै आँखामा कस्ता परिवर्तनहरू हुन्छन् जान्नु प्रभावकारी हुन्छ ।

उमेर बढ्दै जाँदा आँखाका ढकनी खुकुला (Loose) हुँदै जान्छन्, जसले गर्दा ढकनी बाहिरतिर फर्कने सम्भावना बढी हुन्छ । यस्तो समस्या Ectropion भएमा आँखामा आँसु अडिन नपाएर आँखा बाहिर बगिदिन्छ । यसले गर्दा बिरामीलाई आँसु पुछिरहनुपर्ने हुन्छ जसले गर्दा आँखा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ अर्कोतिर आँसुले आँखा भिजाउन नपाएर आँखा सुख्खा हुने हुँदा बिझाउने, पोल्नेजस्ता लक्षणहरू देखिन्छन् Artificial Tear Supplement को प्रयोगबाट सहज बनाउन सकिन्छ । यो बढ्दै गएर दृष्टिलाई ने धमिलो पारिदिन लाग्यो भनेचाहिँ अपरेसन नै गर्नुपर्दछ । तर यो फेरि पनि आउने हुनसक्छ।

चालीस वर्ष काटेका मान्छेहरूमा आँखाभित्र भएको विशेष पानी (Aqucous Humour) बाहिरिने बाटो बोधो हुँदै जान्छ । यसले गर्दा आँखाको चाप बढ्न गई जलबिन्दुजस्ता जटिल रोग लाग्नसक्छ। एक्कासि देखिनसक्ने यो रोग लागेर दृष्टिहास भइसकेपछि पुनः दृष्टि ल्याउन नसकिने हुँदा बुढेसकाल लागेका सबै मानिसले यसको बारेमा ध्यान दिनुपर्दछ जसको सरल उपाय हो सामान्य अवस्था भए पनि ६-६ महिनामा आँखा जाँच गर्ने ।

दृष्टिको लागि अहम् भूमिका खेल्ने आँखाभित्रको Lens ले हेर्नुपर्ने वस्तुको दूरीअनुसार आफ्नो पावर बदलिरहन्छ। नजिकको वस्तु हेर्नुपन्यो भने यसको पावर बढ्छ भने टाढाको हेर्दा कम हुन्छ । Lens को पावर बदल्न सक्ने क्षमता (Accommodation) उमेर बढ्दै जाँदा घट्दै जान्छ । भर्खर जन्मेको बच्चाले १७ एकाइसम्म पावर बदल्न सक्छ भने सोही बच्चा ५ दशक पुगेपछि एक एकाइ पावर मात्र वदल्न सक्छ । यसैले करीव ४० वर्ष पुगेको मनिसले नजिकको वस्तु राम्रो देख्न सक्दैन। Presbyopia अथवा चालीसे लागेको भनिने यो समस्यालाई कुनै रोगको रूपमा नलिई केवल प्राकृतिक उपजकै रूपमा लिइन्छ । दृष्टि विशेषज्ञलाई देखाएर चस्मा वा कन्ट्याक्ट लेन्सको प्रयोगबाट यो समस्याको सजिलै समाधान हुन्छ।

उमेर सँगसँगै धमिलो देखिनुमा पारदर्शक कोर्नियाको पारदर्शिता घट्तै जानु पनि एक हो । अझ लेन्सको पारदर्शिता त उमेरअनुसार निकै घट्तै मोतिविन्दुलाई बढाउदै जान्छ । भनिन्छ ८० वर्ष काटेका ९० प्रतिशतमा मोतिबिन्दु पाइन्छ । विभिन्न वैज्ञानिक तथा मेडिकल विकासको कारण मानिसको उमेर बढाउँदै गएको हुनाले अझ मोतिबिन्दु हुने सम्भावना बढ्दै गएको छ। मोतिया बिन्दुको उपचार अपरेसनबाट मात्र सम्भव छ ।

बुढेसकालमा धेरैलाई हुने अर्को पर्दा हो। पर्दाका तन्तुहरूमा डिजेनेरेसन भई पर्दाले राम्रोसँग काम नगर्ने हुन्छ । अझ कतिमा त पर्दाको केन्द्रमा नै सो समस्या देखिन्छ । Age Related Macular Degeneration भनिने यो समस्याले गर्दा धमिलो देखिने तथा रंगहरू छुट्याउन गाह्रो हुने हुन्छ । हालसम्म यसको सही उपचार भने पत्ता लागेको छैन ।

यसरी बूढेसकालमा ढल्कँदै गएको उमेरको कमजोरीलाई फाइदा उठाएर आँखामा विभिन्न समस्याले गाँजेका हुन्छन् । वयस्कमा हुने भनेका समस्या त हुँदै भए । अन्तमा आएर धेरैमा दृष्टि फिर्ता गर्न नसकिने अवस्था आउँछ । तर पनि न्यून दृष्टि भएका यस्ता धेरैजसो मान्छेहरूलाई Low Vision Rehabilitation सेवामार्फत उनीहरूको जीवनयापन सूचारुरूपले चलाउन केही हदसम्म भए पनि सजिलो पार्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *