मधुमेह (diabetes) एक पुरानो रोग हो, जसमा रगतमा चिनी (sugar) बढ्छ । यो दुई प्रकारको हुन्छ । पहिलो किसिमको मधुमेह (Diabetes) बच्चाहरूमा हुन्छ । यसमा इन्सुलिन हर्मोन, जुन पेन्क्रियाजमा बन्छ र शरीरमा चिनीलाई नियन्त्रित गर्छ, बन्न बन्द हुन्छ । तर नब्बे प्रतिशतभन्दा अधिक मानिसहरूलाई दोस्रो प्रकारको मधुमेह ४० वर्षको अवस्थाको आसपासमा हुन्छ, जसमा इन्सुलिन त बन्छ, तर या त त्यसले काम गर्दैन या कुनै पनि हिसाबले निष्क्रिय हुन्छ, जसबाट रगतमा चिनीको मात्रा बढ्छ र पिशाबमा चिनी आउन थाल्छ ।
दोस्रो प्रकारको मधुमेहका रोगीहरूको संख्या अधिक छ । गरिष्ठ भोजन, नयाँ किसिमको खाना, जसमा फाइबर हुँदैन, मानसिक तनाव र व्यायामको कमी र पैदल हिँडडुल नगर्नु मधुमेह बढ्ने प्रमुख कारणहरू हुन् । यिनीहरूमा सन्तुलन गरेर र उचित उपचार मिल्दा मधुमेहका रोगीहरूको रगतमा चिनीको मात्राको स्तरलाई निर्धारित गर्न सकिन्छ ।
मधुमेहमा शुरूका वर्षहरूमा कुनै पीडा नहुने हुनाले यो रोग लागेको थाहा नै हुँदैन । कुनै अरू पीडामा पिसाब र रगतको जाँच हुँदा यो रोग थाहा हुन्छ या मधुमेहको शरीरमा हुने दुष्प्रभावहरू जस्तै – घाउ नभरिनु, औंला झनझनाउनु, घाउ खटिरा भइरहनु, मुटुको रोग र दृष्टि खराब हुने हुनाले थाहा हुन्छ ।
मधुमेहमा आँखामा हुन केही प्रमुख दुष्प्रभावहरू यस प्रकार छन् –
- रगतमा चिनीको मात्रामा बढ्दा दूरको दृष्टि धमिलो हुन्छ या मायोपिया (Myopia) हुन्छ । चिनीको मात्रा घट्दा हाइपरमेट्रोपिया (Hypermetropia) को लक्षण हुने हुनाले पढ्दा अक्षर धमिलो देखिन्छ ।
- मधुमेहका रोगीहरूलाई सामान्य उमेरभन्दा केही वर्ष पहिले मोतिबिन्दु हुन्छ र चाँडै पाक्छ पनि ।
- दृष्टि पटलमा आएको परिवर्तनले आँखाको सबैभन्दा बढी क्षति गर्छ । मधुमेह शुरू भएको पन्ध्र-बीस वर्षपछि रगतका नसाहरू जंम्न थाल्छन् तिनीहरूमा निकै साना आतिशमा माइक्रोएन्यूरिज्म बन्छन् । दृष्टि पटलमा सेतो पदार्थको धब्बा (Exudate) देखिन थाल्छन् ।
- आँखाभित्र भिटरियसमा रगत जम्मा हुन्छ । रेटिना अर्थात् दृष्टिपटल आफ्नो स्थानबाट हट्छ । रोग यति धेरै अगाडि बढेपछि मानिस अन्धो हुन्छ ।
- मधुमेहमाथि नियन्त्रण गर्नु यस कारणले जरूरी छ, किनभने एक पटक दृष्टि पटलमा यो परिवर्तन आएपछि ठीक हुँदैन ।