आँखा जस्तो संवेदनशील अंगमा लागेको कुनै पनि चोट अन्धो हुने एक निकै ठूलो कारण हो । यदि मानिसहरूलाई जानकारी छ भने यिनीहरू मध्ये धेरै चोटहरूबाट बच्न सकिन्छ । चोटहरू धेरै प्रकारबाट लाग्छ सक्छ र आँखामा ती चोटहरूको असर साधारणदेखि लिएर आँखाको दृष्टि समाप्त हुन्जेलसम्म हुन सक्छ । यी चोटहरू धेरै प्रकारका हुन सक्छन् ।
१. घरेलु चोट
कुनै पनि तीखो वस्तुबाट आँखामा चोट लाग्न सक्छ । झाडू, सुई, क्रोशिया, बुनाइका काँटीहरू, पेन्सिल, पेन, बच्चाका तीखा या भाँचिएका खेलौना इत्यादिबाट आँखामा अलिकति असावधानीबाट चोट लाग्नसक्छ ।
२. कार्यस्थलमा लाग्ने चोटहरु
यी चोटहरूको सम्बन्ध यन्त्र, मेशिन आदिबाट हुन्छ, जस्तै- छेनीमा हथौडाको चोटबाट उछिट्टिएर निस्किने फलामको कण आँखामा लाग्नु, ढुंगा फुटाउँदा त्यसको या हथौडाको कण आँखामा लाग्नु, तेजाब या क्षारीय पदार्थहरूबाट पोलिनु, वाइल्ड्रिबाट आँखामा चमक पर्नु अथवा कुनै यन्त्रपूर्जाको आघातबाट आँखा र त्यसको आसपास गम्भीर चोट लाग्न सम्भव छ
३. खेलहरुसँग सम्बन्धित चोटहरु
क्रिकेटको बल, गुलेली; तीर इत्यादिबाट चोट लागेर आँखा खराब हुनसक्छ ।
४. विस्फोटबाट लाग्ने चोटहरु
पटाखा, बम, बारूदबाट भएको क्षतिको चपेटमा आँखा पनि राम्ररी घायल हुनसक्छ ।
५. मोटरगाडी आदिबाट लागेका चोटहरु
दुर्घटनामा फुटेका शीशाहरू बाट आँखामा चोट लाग्छ अरु कैयौं अन्य प्रकारका दुर्घटनाहरूमा पनि आँखामा चोट लाग्छ ।
६. खेतीसँग जोडिएका चोटहरु
खेतीको काम गर्ने गाउँका मानिसहरूलाई उनीहरूको कामसँग सम्बन्धित कैयौ प्रकारका चोटहरू लागिरहन्छन् । आँखामा जनावरहरूको पुच्छरबाट चोट लाग्नु आम कुरा हो । रूख बिरुवाका हाँगाहरू र काँडा लाग्ने, भूसदाना आँखामा पर्ने, काठ उछिट्टिएर लाग्ने जस्ता चोटहरू मानिसहरूलाई अक्सर लागिरहन्छ ।
आँखाका विभिन्न भागहरुको चोट
१. मुखमा आँखाको आसपास मुक्का या ठूलो थप्पड लाग्नाले या टाउकोमा ठूलो चोट लाग्नाले आँखाको ढकनी र आँखाको चारैतर्फ रगत जम्मा हुने हुनाले कालोपन हुन्छ । यदि टाउकोको भित्री चोट गहिरो छैन भने यो कालोपन केही दिनमा हराउँछ ।
२. नेत्र श्लेष्मला या कन्जक्टिभा (Conjunctiva ) मा साधारण चोट लाग्नाले रगत जम्मा हुन्छ, जसबाट त्यसको केही भाग रातो देखिन थाल्छ । यदि आँखामा पीडा भएको छैन र दृष्टि ठीक छ भने चिन्ताको कुनै कुरा छैन, किनभने रगत सञ्चालन हुने हुनाले दस-पन्ध्र दिनमा यो रातोपन समाप्त हुन्छ ।
३. आँखामा फोहर, कीरा या कपाल इत्यादि पर्नाले आँखा बिझाउँछ र रातो हुन्छ । गल्तीले बेस्सरी आँखा माड्नाले स्वच्छ पटलमा दाग पनि पर्नसक्छ, जसको यदि तुरुन्तै उपचार गरिएन भने घाउ हुनसक्छ ।
४. ढुङ्गा या फलामको कण धेरैजसो स्वच्छ पटल (Cornea) मा टाँसिन्छ । यदि यी चीजहरू आँखामा धेरै जोडले भन्यो भने आँखा भित्र पस्छ । यी चीजहरू निस्किन मुश्किल हुन्छ र आँखाको भित्र पसेको फलामको कणले केही वर्षमा आँखालाई खराब गरेर ज्योति समाप्त हुन्छ ।
५. तीखो, धारिलो या जोडले लाग्ने चीजहरूले आँखाको स्वच्छपटललाई फुटाउन सक्छ । यदि आँखाको जेल र लेन्स बाहिर निस्किएको छैन भने नेत्र चिकित्सकहरू घाउ सिलाएर आँखालाई बचाउने कोसिस गर्छन् ।
६. कहिलेकाहीँ आँखामा कस्तो बन्द चोटको धक्का लाग्छ भने कुनै घाउ नभएर पनि आँखा भित्रको लेन्स आफ्नो स्थानबाट हट्छ, आँखा रगतले भरिन्छ या दृष्टिपटल आफ्नो स्थानबाट हट्छ ।
७. सूर्यलाई एकटक निहार्नाले या सूर्य ग्रहणलाई हेर्नाले आँखाको पर्दा जलेर दृष्टि कमजोर हुन्छ । हिउँका इलाकाहरूमा त्यसको चमकबाट आँखालाई क्षति पुग्छ, जसबाट बच्नको लागि चश्माको प्रयोग गर्नुपर्ने हुन्छ । वेल्डिङ्गको प्रकाशबाट काम गर्नेहरू र हेर्नेहरूको आँखामा जलन हुन्छ र आँखा खराब हुने डर हुन्छ । वेल्डिङ्ग गर्नेहरूले चश्मा या शील्ड लगाएर काम गर्नुपर्छ र नजिकै बसेका मानिसहरूले त्यसको प्रकाश एकटक हेर्नु हुँदैन ।
आँखामा चोट लाग्दा के गर्ने र के नगर्ने
१. चोट लागेको आँखालाई नमिच्नुहोस् ।
२. हत्केलाले नथिच्नुहोस् ।
३. रूमाल या पट्टी धेरै कसेर नबाँध्नुहोस् ।
४. चाँडोभन्दा चाँडो डाक्टरलाई देखाउनुहोस् ।
५. आँखाको चोटप्रति लापरवाही नअपनाउनुहोस् ।
६. आँखामा यदि कुनै रसायन परेको छ भने तुरून्तै पहिले पानीले आँखालाई राम्ररी धुनुहोस् ।
७. यदि अर्को चोट लागेको छ भने चोटसँगै आँखामाथि पनि ध्यान दिनुहोस् । क्षतिग्रस्त व्यक्तिलाई खानेकुरा नदिनुहोस्, किनभने उसलाई अस्पताल पु-याउनेबित्तिकै बेहोश गरेर अपरेशन पनि गर्नुपर्ने हुनसक्छ ।
चोटहरुको रोकथाम
प्रत्येक व्यक्तिलाई स्वयं र धेरै साना बच्चाहरूका मातापिता र अभिभावकहरू सचेत रहनाले धेरै चोटहरूबाट बचाउन सकिन्छ । अध्यापकहरूले पनि नेत्र क्षतिहरूको बारेमा जानकारी दिएर र बच्चाहरूलाई यिनीहरूको रोकथामको बारेमा बताउन सक्छन् ।
जुन कामहरूमा चोट लाग्ने सम्भावना बढी हुन्छ, त्यहाँ रोकथामका उपायहरू माथि विशेषगरी ध्यान दिनुपर्छ । अखबारहरू, पत्रिकाहरू, रेडियो र दूरदर्शन इत्यादि प्रचार माध्यमहरू बाट आँखाका चोटहरूको बारेमा बताउन सकिन्छ ।
उद्योगहरूमा सुरक्षा चश्माले आँखामा झर्ने कणहरू र हानिकारक वस्तुहरू बाट बचाउँछ ।
चोट लागेको आँखाको सहानुभूतिमा दोस्रो आँखामा संक्रमण हुनु
एक आँखामा चोट लाग्दा यदि त्यसको उपचार गरिएन भने केही मानिसहरूमा महिनौपछि दोस्रो ठीक आँखामा पनि आइराइडो – साइकिलाइटिस हुन्छ । यसबाट राम्रो आँखाको दृष्टि खराब हुन्छ । यो बडो विचित्रको कुरा हो । शायद भित्र-भित्रै प्रकाश नाडीद्वारा या चोट लागेको आँखाबाट उत्पन्न एलर्जीको कारणले यस्तो हुन्छ ।
त्यसैले आँखामा चोट लागेको घाउको उपचार तुरून्तै गराउनुहोस् । यदि आँखामा चोट लागेको महिनौ अथवा वर्षौंपछि पनि दोस्रो आँखामा पीडा भइरहेको छ भने तुरून्तै नेत्र चिकित्सकलाई देखाउनुहोस्, ताकि यो दोस्रो आँखालाई नोक्सान हुनबाट बचाउन सकियोस् ।