निकट दृष्टिता (Myopia)

Academy Education Entrance Eye Health Innovations License Lifestyle Magazine News Optometry In Nepal Policy for Eye health Program Tech Travel Webinars

दृष्टिको दोष मायोपिया (Myopia) अर्थात् निकट दृष्टितामा नजिकका चीजहरू ठीक देखिन्छन्, तर दूरका चीजहरू स्पष्ट देखिँदैनन् । दूरका चीजहरूका तस्वीरहरू ‘दृष्टि पटल (cornea)’ मा नपरेर त्यसको अगाडि फोकस (focus) हुन्छन्, असैले तिनीहरू स्पष्ट देखिँदैनन् ।

यदि आँखाको सामुन्ने सही पावरको कन्केभ लेन्स (Concave Lens) लगाउने हो भने यी किरणहरू दृष्टिपटलमा केन्द्रित हुन्छन् ।

प्रकार: मायोपियाका दुई प्रकारहरू हुन्छन्

. सादा मायोपिया (Simple Myopia) 

यस प्रकारका मायोपिया भएको व्यक्तिको आँखाको पावर माइनस ६ भन्दा बढी हुँदैन । यस किसिमका सादा मायोपियामा आँखाको पर्दामा कुनै खराबी हुँदैन र भविष्यमा आँखा खराब हुने डर हुँदैन ।

यद्यपि यी मानिसहरूले दूरको चीज स्पष्ट देख्दैनन्, तर यी मानिसहरू चश्माबिना पनि पढ्न सक्छन् । यी मानिसहरूको आँखामा बल नपरोस् भनेर यिनीहरूलाई हर समयमा चश्मा लगाइराख्ने राय दिइन्छ ।

२. पेथोलजिकल मायोपिया (Pathological Myopia)

यो बाल्यकालमा पाँचदेखि दस वर्षको उमेरमा शुरू भएर पच्चीस-तीस वर्षको उमेरसम्म माइनस १५ देखि माइनस २५ को पावरसम्म पुग्छ । यसमा चालीस-पचास वर्षको उमेर पुग्दा दृष्टिपटल’ मा खराबी आउन थाल्छ । यसमा छिद्र बन्ने हुनाले त्यो अक्सर आफ्नो स्थानबाट हट्छ, अर्थात् त्यसको डिटेचमेन्ट (Detachment) हुन्छ ।

यद्यपि माइनस ६ को पावरभन्दा कम मायोपियामा त्यो बढ्छ या बढ्दैन | भन्न मुश्किल हुन्छ, तर यदि सात-आठ | वर्षको बच्चामा यो माइनस ६ सम्म पुग्यो भने यो पेथोलजिकल मायोपिया हुनसक्छ । यिनीहरूको आँखा लम्बाइमा पछाडि फैलिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *