नेपाल स्वास्थ्य व्यवसायी परिषद् (नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम स्थापित) बाँसबारी, काठमाडौंको
सूचना प्रकाशित मिति :- २०७९/१०/२३
यस परिषदको मिति २०७२ माघ २४, २५, २६, २७ र २८ गते संचालन हुने नाम दर्ता प्रमाणपत्र परीक्षा केन्द्रमा परीक्षार्थीहरुले निम्न अनुसारको नियम पालना गर्न हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
१) परीक्षार्थीहरुले सिम्पल ड्रेस लगाउनु पर्ने छ । हाप पाइन्ट, चप्पल, रफ कपडाहरु लगाई परीक्षा केन्द्रमा आएको खण्डमा त्यस्ता परीक्षार्थीहरुलाई परीक्षाहलमा प्रवेश गराउन परिषद असमर्थ हुने छ
२) हातहरुमा चुरा, बाला, घडीहरु लगाउन पाउने छैन ।
३) मोबाईल तथा किताब, कपि, नोटस, चिट जस्ता विद्युतिय उपकरणहरु, ब्लुटुथ, चस्मा, क्यालकुलेटर, पेन ड्राइभ ल्याउनपाइने छैन ।
४) कलम, पर्स लगायत अन्य कागजहरु परीक्षा हल भित्र लान पाउने छैन ।
५) सुर्तिजन्य बस्तुहरु लान पाउने छैन ।
६) परीक्षा सुरु भएको पन्ध्र (१५) मिनेट भन्दा पछि आउने परीक्षाथीलाई परीक्षा केन्द्रमाप्रवेश गर्न दिईने छैन
७) परीक्षा केन्द्र भित्र होहल्ला गर्न पाइने छैन ।
८) परीक्षा सञ्चालनगर्ने जिम्मेवारी लिएका केन्द्राध्यक्ष, पर्यवेक्षक, निरिक्षक र कर्मचारी समेतलाई धाकधम्की वा अभद्र व्यवहार गर्न पाइने छैन । कुटपिट वा
९) परीक्षा केन्द्रको सम्पत्तिलाई हानी नोक्सानी पुर्याउनपाइने छैन ।
पुनश्च :- परीक्षार्थीहरु परीक्षा केन्द्रको परिसर भित्र २ घण्टा अगावै प्रवेश गरिसक्नु पर्ने छ ।
रजिष्ट्रार