दृष्टिका ती खराबीहरू, जसको लागि चश्मा लाग्छ, आम कुरा हुन् । बच्चाहरूदेखि लिएर बूढाहरूसम्म चश्मा लगाउँछन् । निकट दृष्टि, दूर दृष्टि, प्रौढ उमेरमा नजिकका चीजहरू देख्ने समस्या आदि ती दृष्टि दोषहरू हुन्, जसको लागि अधिकतम मानिसहरूले चश्मा लगाउनु पर्छ ।
केही मानिसहरू चश्माको ठाउँमा कन्टेक्ट लेन्स लगाउँछन् । अहिले धेरै मानिसहरू लेजर या अर्को विधिबाट अपरेशनद्वारा चश्मा हटाउँछन् पनि ।
निकट र दूरदृष्टि धेरैजसो आँखाको गोलो सानो या ठूलो हुनाले हुन्छ । आँखा एक मिलिमिटर सानो हुँदा माइनस ३ पावरको चश्मा लगाउनु पर्छ । एस्टिग्मेटिज्ममा धेरैजसो स्वच्छ पटलको दोष हुन्छ । स्वच्छ पटल कुनै एक दिशामा टॉसिनाले यो दोष हुन्छ । प्रेसबायोपिया लेन्सको फोकसिङ पावर कम हुने हुनाले हुन्छ ।
जन्मिएको समयमा धेरै बच्चाहरूको आँखा हाइपरमेट्रोपिक हुन्छ । उनीहरू बढ्नुको साथै आँखा पनि बढ्दै जान्छ र हाइपरमेट्रोपिया कम हुन्छ । केडी बच्चाहरूको दृष्टि केही हाइपरमेट्रोपिक नै रहन्छ र केहीका आँखा ठूलो भएको हुनाले मायोपिक हुन्छन् । कम मानिसहरूका आँखा सामान्य रहन्छन् । कहिलेकाही केही बच्चाहरूको आँखा जन्मेदेखि नै ठूला हुन्छन् र उनीहरूलाई शुरूदेखि नै माइनस ९ र माइनस १० सम्मको मायोपिया हुन्छ, जुन बढ्दैन ।
दृष्टिको जाँच (Vision Examination)
१. दूरको दृष्टिको जाँचको लागि नेत्र चिकित्सकहरू स्नेलन चार्ट पहिले एक आँखाबाट र त्यसपछि दोस्रो आँखाबाट पढाएर दृष्टिको समीक्षा गर्छन् । यो चार्टको हर लाइनमा केही अक्षरहरू लेखिएका हुन्छन् । हर लाइनमा नम्बर जस्तै, ६० इत्यादि लेखिएको हुन्छ । यदि रोगीले ६० वाला लाइनको अक्षर मात्र पढ्न सक्छ र तलको अक्षर पढ्न सक्दैन भने यसको अर्थ उसको दृष्टि धेरै कमजोर छ भन्ने हुन्छ र जुन अक्षर ६० मिटरमा पढिन्छ, त्यो ६ मिटरमा पनि पढिँदैछ भने दूरको दृष्टि ठीक छ भन्ने बुझिन्छ । यदि कोठा साना छ भने जुन चार्टमा अक्षरहरू उल्टा लेखिएका हुन्छन्, त्यसलाई शीशाको मद्दतबाट तीन मिटरको दूरीबाट पढ्न लगाउँदा छ मिटरको दूरी बन्छ ।
२. आँखाको सामान्य जाँचपछि रेटिनोस्कोपी (Retinoscope) गरिन्छ । एक टर्च शीशामा लागेको यन्त्रलाई हातमा लिएर, आँखामा प्रकाश पारेर आँखाको नानीमा परेको छायाँबाट आँखाको पावर आँकिन्छ र हर आँखाको सामुन्ने लेन्स लगाएर पावरको पुष्टि गरिन्छ । यस विधिबाट एस्टिग्मेटिज्मको पत्ता पनि लाग्छ ।
३. यसपछि चश्माको फ्रेम लगाएर त्यसमा विभिन्न लेन्स लगाएर फेरि चार्ट पढ़न लगाइन्छ । रोगी र डाक्टर दुवै सन्तुष्ट भएपछि त्यो नम्बर नोट गरिन्छ ।
४. अब नजिकको दृष्टि जाँच्नको लागि दोस्रो चार्ट या पुस्तक पढ्न दिइन्छ । यदि नजिकको कामको लागि नम्बर लाग्छ भने यसलाई दूरको नम्बरमा जोडिन्छ ।
नेत्र चिकित्सकहरू दृष्टिको जाँचको साथै पूरै आँखालाई भित्र र बाहिरबाट पनि हेर्छन् र यदि आवश्यक भयो भने आँखाको प्रेशर पनि लिन्छन् । चालीस वर्षको उमेरपछि वार्षिक जाँच गराउनाले मोतिबिन्दु र ग्लोकोमाको पत्ता चाँडै लाग्छ र ग्लोकोमाबाट अन्धो हुनबाट बचाउन सकिन्छ ।
दृष्टिको कम्प्युटरबाट जाँच
कम्प्युटरबाट आँखाको जाँच सजिलैसँग र चाँडै हुन्छ । चश्माको नम्बर छापिएर निस्किन्छन् । चश्माका दोकानहरूमा पनि कम्प्युटरबाट जाँच हुन्छ ।
गत केही वर्षका अध्ययनहरूबाट अधिकतम मानिसहरूलाई कम्प्युटरबाट निकालिएको नम्बर ठीक नलागेको कुरा थाहा भएको छ । त्यसैले अक्सर कम्प्युटरको नम्बरलाई रोगीको जरूरतको मुताबिक घटाएर बढाएर चश्माको नम्बर दिनु जरूरी हुन्छ ।
चश्मा
चश्मा यस्तो दोकानबाट बनाउनु पर्छ, जसका कालिगढ कुशल हुन् । फ्रेममा शीशा सही तरिकाबाट लगाउनु पर्छ । फ्रेमको छनौटमा केही कुराहरूको ध्यान राख्नुपर्ने हुन्छ । राम्रो गुणवत्ता र औसत दाम भएको प्लास्टिक फ्रेम राम्रो हुन्छ ।
प्लास्टिक फ्रेम जाडो महिनामा चिसो हुँदैन र न गर्मी महिनामा तातो । तिनीहरू पसिनाले बिग्रिदैनन् । फ्रेमको आँखावाला गोलो भाग धेरै ठूलो या सानो हुनु हुँदैन ।
जुन फ्रेम अनुहारमा राम्ररी बस्छ, त्यही छान्नुहोस् । फ्रेमले नाक या आँखाको कुनामा थिचेको हुनु हुँदैन, होइन भने त्यहाँ निशान बन्छ, जुन भद्दा देखिन्छ ।
चश्मा बनिसकेपछि लगाएर हेर्नुहोस् र यदि चश्मा खुकुलो या टाइट भयो भने ठीक गराउनुहोस् ।
ध्यान राख्न योग्य कुराहरु
१. चश्मा प्रयोग गर्नेहरूले तल लेखिएका कुराहरूको ध्यान राख्नुपर्छ । शीशालाई सफा, नरम कपडाले सफा गरिरहनुहोस् । औंलाका निशानहरू जब सुक्खा कपडाले सफा भएन भने फ्रेम र शीशालाई साबुनले धोएर, सुकाएर प्रयोग गर्नुहोस् ।
२. फुकालेर राख्ने समयमा चश्मालाई फाइबरको बट्टामा राख्नुहोस् । भाँचिने डर हुँदैन ।
३. चश्मालाई टेबल इत्यादि ठाउँमा राख्दा शीशाले तल नछुनेगरी राख्नुहोस, नभए निशान पर्छ ।
४. यदि फ्रेमको कमानी खुकुलो भएको छ भने पेचले कस्नुहोस् ।
५. कहिलेकाहीं चश्मालाई खोलेर टेबलमा राखेर हेर्नुहोस् । कमानीका दुवै खुट्टाहरूले टेबललाई छुनु पर्छ । यदि एक खुट्टा उठेको हुन्छ भने फ्रेमलाई सीधा पार्नुहोस् । ।
६. चश्मालाई साना बच्चाहरूको हातमा नदिनुहोस् । भाँचिने डर हुन्छ ।
७. चश्माबिना काम नचल्नेगरी यदि चश्माको नम्बर बढी छ भने दुई चश्मा राख्नुहोस्, ताकि एक चश्मा भाँचिदा या हराउँदा काम नरोकियोस् ।
८. यदि चश्मामा तलको भाग पढ्नको लागि हो, अर्थात् त्यसको लेन्स बाईफोकल (Bifocal) हो भने सिँढी ओर्लिने समयमा सावधानी अपनाउनुहोस् या चश्मा फुकाल्नुहोस् ।