आँखामा भइराख्ने र जान्नै पर्ने समस्याहरु

Academy Education Entrance Eye Health Innovations License Lifestyle Magazine News Optometry In Nepal Policy for Eye health Program Tech Travel Webinars

आँखा सँग सम्बन्धित धेरै यस्ता समस्याहरू छन्, जसबाट मानिसहरू पीडित छन् । अक्सर मानिसहरू यिनीहरूको कारणले धेरै चिन्तित हुन्छन् । आँखा जस्तो संवेदनशील अंगको लागि यो चिन्ता स्वाभाविक र उचित पनि छ ।

यदि आँखाका यी समस्याहरूको कारणले आँखाको बारेमा चिन्ता भइरहेको छ भने डाक्टरबाट उचित परामर्श लिनु राम्रो हुन्छ । यदि डाक्टरले आँखाको उपचारको सल्लाह दियो भने उपचार गराउनुहोस् ।

कहिलेकाहीं आम समस्याहरू कुनै गम्भीर रोगको शुरूवात हुनसक्छ । समयबाट निदान हुँदा गम्भीर मामलाहरूमा आँखाको दृष्टि बचाउन सकिन्छ ।

लगातार पानी आउनु

आँखामा अरू कुनै पीडा बाहेक पानी आउनु आम कुरा हो । यदि आँखा अलिकति पनि रातो छैन र त्यसमा कुनै पनि चीज परेको छैन भने पानी आउनुको अर्थ आँखामा बल पर्नु हो ।

आँखालाई बीच-बीचमा ढकनी बन्द गरेर आराम दिनुहोस् । द्विनमा तीन पटक ‘पामिङ्ग’ गर्नुहोस्, जसमा पाँच मिनेटको लागि आँखालाई बन्द गरेर आँखालाई हत्केलाले छोप्नुहोस्, धेरै आराम मिल्नेछ । साथै पौष्टिक भोजन लिनुहोस्, जसमा डाँठ र हरियो तरकारी अधिक मात्रामा होस् ।

एक महिनासम्म बिहान बेलुका भिटामिन ‘ए’ र भिटामिन ‘बी’ कमप्लेक्सको एक गोली या क्याप्सुल लिनुहोस् । कमजोरी र भिटामिनहरूको कमी दूर भयो भने आँखाबाट पानी आउन बन्द हुन्छ ।

यदि पानी एक आँखाबाट मात्र आइरहेको छ भने डाक्टरलाई अवश्य देखाउनुहोस् । आँखामा परेला या स्वच्छ पटलमा कुनै धेरै सानो झारपात या कण परेर टाँसिएको हुन पनि सक्छ, जसलाई निकाल्नुपर्छ या त्यस तर्फका अश्रु नलिहरूमा कुनै रोकावट आएको हुन पनि सक्छ, जसलाई ठीक गर्नुपर्छ ।

२. कचेरा आउनु

अघिल्लो दिन यदि धूलो-माटो उडेर आँखामा परेको छ भने बिहान त्यो कचेराको रूपमा बाहिर जम्मा हुन्छ । यदि सुत्नुभन्दा पहिले आँखामा पानीको छिटा पारेर आँखालाई धुने हो भने बिहान कचेरा निस्किन बन्द हुनसक्छ ।

३. बिझाउनु

आँखा बिझायो भने आँखामा केही परेको जस्तो लाग्छ । यस्तो अक्सर धूलो-धूवाँको असरबाट हुन्छ । अक्सर हल्का सङ्क्रमणको कारणले आँखा रातो हुन पनि सक्छ । आँखालाई धूलो-धूवबाट बचाउनुहोस् र आँखालाई तीन दिनमा पटक धुनुहोस् । यदि पीडा ठीक भएन भने डाक्टरलाई देखाउनुहोस् ।

४. चिलाउनु

आँखा चिलाउँदा धेरै मानिसहरू आँखालाई बेस्सरी माड्छन् – एलर्जी भयो भने यसरी चिलाउँछ । डाक्टरलाई देखाएर उपचार गराउनुहोस् ।

५. ढकनीको किनारा रातो हुनु

यस्तो स्थिति भयो भने आँखा चाँडो-चाँडो खोल्ने बन्द गर्ने गर्नुपर्छ । यस्तो एङ्गुलर कन्जक्टिभाइटिसको कारणले हुन्छ। यसको उपचार गराउनुहोस् ।

६. जलन, ढकनीको किनारा तातो हुन् र सुक्खा हुनु

आँखालाई खुल्लै राख्नमा दिक्दारी हुन्छ । बेलुका यो पीडा बढ्छ र आँखा हल्का रातो हुन्छ । तर आँखा टाँसिदैन यो लक्षण साधारण कन्जक्टिभाइटिसको कारणले हुन्छ । धूलो-धूवाँ, घाम, गर्मी, अशुद्ध वायु सिगरेट, रक्सिको अधिक सेवन, नाकबाट पानी बगिरहने संक्रमणबाट हुन्छ । यी कारणहरूलाई हटाइसकेपछि पनि यी लक्षणहरू हुन्छन् भने आँखाको जाँच गराउनुहोस् ।

. टाँसिनु

यदि आँखा चिप्किन्छ भने आँखामा साधारण संक्रमण भएको हुन्छ । यसको लागि एन्टिबायोटिक ड्रप्स जस्तो नरफ्लास्क आई ड्रप्स आँखामा ३ पटक तीन दिनसम्म हाल्नुहोस् ।

. सुख्खा, जलन हल्का रातो हुनु

लगातार निकै समयसम्म टीभी. हेर्ने, कम्प्युटरमा लामो समयसम्म काम गर्ने व्यक्तिहरूलाई यो समस्या हुन्छ । स्क्रीनबाट आँखा हटाएर यताउता पनि हेर्नुहोस् र बीच-बीचमा ढकनी बन्द गरेर आँखालाई आराम दिनुहोस् ।

. थकावटको कारणले आँखा पटक-पटक बन्द गर्नु

धेरै र लगातार काम गरिरहनाले आँखा थाक्छन् । कामको बीचमा केही क्षणको लागि ढकनी बन्द गर्नुहोस् र दिनमा ३ पटक पाँच मिनेटको लागि पामिङ्ग गर्नुहोस् अर्थात् ढकनी बन्द गरेर आँखालाई हत्केलाले छोप्नुहोस्, थकावट दूर हुनेछ ।

१० पानी आउनु

धेरै पढ्नाले या नजिकको काम गर्नाले आँखामा पानी आउन थाल्छ र आँखाको काम बन्द गर्नुपर्छ । बेलुकाको समयमा त्यो समस्या बढ्छ । यो पीडा परीक्षाको समयमा विद्यार्थीहरूलाई धेरै हुन्छ । पढाइसँगै निद्रा | पूरा भएन भने यस्तो हुन्छ । परीक्षापछि यो अक्सर ठीक हुन्छ । तर एक पटक | डाक्टरसँग नेत्र परीक्षा अवश्य गराउनुपर्छ ।

१. आँखा र टाउको दुख्नु

दृष्टि थोरै फरक भएपछि र विशेषगरी एस्टिगमेटिज्म भएपछि यी लक्षणहरू हुन्छन् । यस्तो स्थितिमा दृष्टिको जाँच गराउनु पर्छ ।

१२. ढकनीमा केही झारपात परे जस्तो महसुस हुनु

मरेका कोष्ठहरू जम्मा भएर कडा हुन्छन् । यो ‘कंकरिशन’ आँखामा बिझाउँछ । यिनीहरूलाई निकाल्नुपर्छ । आँखालाई शून्य पारेर एक सुईबाट यिनीहरूलाई सजिलैसँग निकालिन्छ ।

१३. ढकनीमा केही रगडिएको जस्तो महसुस हुनु

यस्तो स्थितिमा माथिल्लो ढकनीमा केही रगडिएको महसुस हुन्छ र ढकनीको किनारामा हल्का पीडा, जस्तै आनोमा हुन्छ, चश्माको नम्बरको जाँच गराउनुहोस् । जुन नम्बर लगाइरहनुभएको छ, त्यो बदलिएको जस्तो लाग्छ ।

१४. जुरुक्क उठ्दा आँखाको अगाडि अन्धकार छाउनु

शरीरमा रगतको कमीबाट अक्सर यस्तो हुन्छ । यस स्थितिमा उचित जाँच उपचार गराउनुहोस् ।

१५. कालो धब्बा तैरिएको देखिनु

आँखाको जेल भिटरियस (Vitreous) पातलो भयो भने त्यसमा पुगेका कणहरू हल्लिदा तैरिएको देखिन थाल्छन् । मायोपिया (Myopia) या निकट दृष्टिमा यिनीहरू बढी देखिन्छन् । यिनीहरू बाट कुनै हानी हुँदैन । परेलाहरूलाई कोकस गरेर हेर्ने प्रयत्न गर्नुहोस् ।

१६. स्वच्छ पटलमा सेतो रिंग बन्नु

बृद्ध मानिसहरूको स्वच्छ पटल (Cornea) मा एक सेतो रिंग जस्तो किनारामा चारैतर्फ बन्छ, जसलाई ऐनामा हेरेर मानिसहरू अक्सर हैरान हुन्छन् । यस्तो अक्सर उमेर बढेपछि हुन्छ । यो समस्या नहुनको लागि उपचारको जरूरत छैन ।

१७. सानो उमेरमा नै नजिकको दृष्टि कम हुनु

लेन्सको फोकस गर्ने शक्ति कम भयो भने पैतालीस वर्षको अवस्थामा नजिकका चीजहरू स्पष्ट देखिँदैनन् । यो कुनै रोग होइन र न यसबाट आँखालाई कमजोर सम्झिनुपर्छ । जो मानिसहरू पहिलेदेखि नै पावरको चश्मा लगाउँछन्, तिनीहरूले प्रेसबायोपियाको कारणले पैंतीस वर्षमा नै पढ्न चश्मा लगाउनु पर्छ ।

१८. अधिक उमेरको धमिलोपन

मोतिबिन्दुको कारणले यस्तो हुनसक्छ, जाँच गराउनुहोस् ।

१५. प्रकाशको सामुन्ने रंगीन गोलो देखिनु

यस स्थितिमा नेत्र चिकित्सकलाई तुरून्तै देखाउनुहोस् । कतै अन्धो पार्ने मर्ज ग्लोकोमाको शुरूवात त होइन ।

२०. आँखाको सामुन्ने फुल तारा देखिनु

तुरून्तै नेत्र चिकित्सकलाई देखाउनुहोस्, जसले नेत्र पटलको जाँच गरेर त्यसमा कतै छेद या सङ्क्रमण त छैन र त्यो आफ्नो स्थानबाट हटेको त छैन भन्ने कुरा पत्ता लगाउनेछ । जाँचपछि यदि जरूरत भयो भने आँखाको दृष्टि बचाउनको लागि लेजर विधिबाट छेदलाई सिलाएर दृष्टिपटललाई स्थानबाट हट्नबाट रोक्ने कोसिस गरिनेछ र यदि त्यो स्थानबाट हटेको छ भने त्यसलाई फेरि स्थानमा राख्नको लागि उपचार गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *