चस्मा लगाउनेले जान्नुपर्ने कुराहरू

Academy Education Entrance Eye Health Innovations License Lifestyle Magazine News Optometry In Nepal Policy for Eye health Program Tech Travel Webinars

इजिप्टका अब्रिगले इसापूर्व २०० मा काँच (सिसा) को कला विकास गरेदेखि  विश्वमा चस्माको प्रयोग हुन थालेको अनुमान गरिन्छ। पहिले दृष्टि कमजोर भएकाहरूले मात्र चश्मा प्रयोग गर्थे तर हाल आएर विभिन्न प्रयोजन र फेसनको लागि पनि चस्मा प्रयोग गरिन्छन् ।

विश्वका ४० वर्षभन्दा मुनिका करिब ४० प्रतिशत मानिसहरूमा दृष्टि कमजोरी भेट्टाइएको छ। त्यस्तै ४० वर्षमाथिकालाई त नजिक- टाढा राम्रोसँग हेर्नक लागि सबैलाई चस्मा लगाउनुपर्दछ, यी त भए दृष्टि सुधारका लागि चम्म लगाउनेहरूको कुरा, सुरक्षाको लागि पनि चस्मा प्रयोग गरिन्छन् । अझ फेसनक लागि चस्मा/गगल्स लगाउनेहरू त निकै छन् । विकसित देशहरूमा करिब आधा जति मानिसहरूले यो सेवा प्राप्त गरेका छन् भने विकासोन्मुख तथा अविकसित देशहरूम भने गतिलो आँखा स्वास्थ्य सेवाको अभावमा केवल करिब १० प्रतिशतले मात्र यं सुविधा प्राप्त गरेका छन् । तीमध्ये पनि धेरैले स्तरीय चस्माको ख्यालै गरेको हुँदैनन् ।

चस्माघरमा पस्नुअघि एकपटक राम्रोसँग सोच्नुपर्दछ, कतै २-४ महिना तालिम गरेका डाक्टर भनाउँदाहरूले चस्माको पावर जाँच गरेका त होइनन् । चस्माको कुरा गर्ने हो भने दृष्टि विशेषज्ञ (Optometrist) हरू नै सर्वश्रेष्ठ मानिन्छन् । हाल नेपालमा विशेषज्ञ भेट्टाउन गाह्रो छैन। दृष्टि विशेषज्ञले आँखाको पावर जाँच गर्ने मात्र होइनन्, पावर कसरी बढ्न सक्छ, घटाउन के-के गर्नु पर्दछ, कस्तो किसिमको चस्मा प्रयोग गर्दा फाइदा हुन्छ आदि कुराहरूको बारेमा पनि बताइदिन्छन् ।

कोही मानिसलाई चस्मा लगाएको असाध्यै सुहाउँछ त कसैलाई कत्ति पनि सुहाउँदैन । चस्मा सुहाउने नसुहाउनेमा चस्माको फ्रेम रोजाइमा भर पर्छ। एक व्यक्तिलाई च्याट्टै सुहाएको फ्रेम अर्कोलाई कत्ति पनि नसुहाउने हुनसक्छ । कुन फ्रेम कस्तो मानिसलाई सुहाउँछ भन्ने कुरा व्यक्तिको अनुहारको आकार-प्रकार, नाकको आकार प्रकार, आँखाको रंग तथा आँखीभौँको आकार आदिमा भर पर्दछ। त्यस्तै कपालको स्टाइलले पनि सुहाउने-नसुहाउने हुन सक्छ। चारपाटे तथा गोलो अनुहार हुनेहरूलाई चारपाटे फ्रेम राम्रो देखिन्छ तर लाम्चो अनुहार हुनेहरूलाई भने अलि बढी चौडा भएको चस्मा सुहाउने हुन्छ। बढी चौडा भएको चस्माले भद्दा तथा लाम्चो अनुहारलाई कम गराइदिन्छ। ओभल अनुहार हुनेहरूलाई भने जस्तो आकारको चस्मा पनि सुहाउ हुन्छ। नाक लामो हुनेहरूलाई दुई लेन्सबीचको दूरी छोटो भएको चस्मा राम्रो देखिन्छ । यस्ता व्यक्तिले चस्मा लगाउँदा नाकको अलि तलतिर आडेस लगाएर राख्नुपर्दछ । तर नाक छोटा हुनेहरूलाई दुई लेन्सबीचको दूरी लामो भएको चस्मा बढी सुहाउँछ । यस्ता व्यक्तिले चस्मा लगाउँदा नाकको सिरानमा नै चस्मालाई अडेस लगाएर लगाउनुपर्दछ ।

जहिले पनि चस्माको माथिको भाग र आँखीभौँको लाइन समानान्तर भएको हुनुपर्दछ । तर यस्तो नमिल्ने भएमा आँखीभौंलाई चस्माले छोप्ने किसिमको हुनुपर्दछ। केवल चस्मालाई यसको पोजिसन फेरबदल गरेर पनि यो मिलाउन सकिन्छ ।

फ्रेम  मेटल(Metal) तथा प्लाष्टिक (Plastic) का हुन्छन् । काठका फ्रेम अत्यन्तै हलुका र आकर्षक भए पनि हाल नेपालमा भेट्टाउन गाह्रो छ । धातुहरूमा सुनलाई सर्वोत्कृष्ट धातु मानिन्छ तर पनि यी भने महँगा हुने हुनाले त्यति प्रयोगमा छैनन् । अरू धातुहरूमा आलुमिनियम तथा टिटानियम हाल बढी चलनचल्तीमा आएका छन्। भिन्न- भिन्न मसिना प्लाष्टिकका फ्रेमहरूको पनि हाल निकै प्रयोग बढेको छ । सिसाको लेन्स हुनेहरूलाई प्लाष्टिक तथा धातुको मिश्रित फ्रेम उपयुक्त हुन्छ भने प्लाष्टिकको लेन्स हुनेहरूलाई प्लाष्टिककै फ्रेमहरू ठीक हुन्छन् । गोरो अनुहार हुनेहरूलाई खैरो रंगको फ्रेम आकर्षक देखिन्छ भने गहुँगोरो मान्छेलाई पारदर्शक फ्रेम आकर्षक देखिन्छन् । फ्रेम रिमलेस वा सेमिरिमलेस हुन्छन् । बूढा – बूढीहरूलाई रिम भएका चस्मा सुहाए पनि युवा युवतीलाई भने यस्तो हुँदैन । धेरै जसो केटीहरूलाई सेमिरिमलेस फ्रेम (semi-rimless) आकर्षक हुन्छन् त केटाहरूलाई रिमलेस (rimless )।

चस्मा लगाउँदाखेरी गाला, आँखीभौं र कन्चटमा छोएको हुनुहुँदैन । राम्रोसँग फिटिङ्ग भएको चस्मा लगाउँदा नाकको माथिपट्टि तथा कानको पछाडिपट्टिको भागको माथितिर गरी तीनवटा प्वाइन्टमा मात्र छोएको हुनुपर्दछ। पछाडिबाट हेर्दा चस्माको खुट्टा (टेम्पल) नदेखिने खालको हुनुपर्दछ। बच्चाहरूले लगाउने चस्माको टेम्पल घुम्रिएर अगाडितिर बांगिएको हुनुपर्दछ। जहिले पनि चस्माको माथिको भाग ८ – १०० अगाडि ढल्केको हुनुपर्दछ।

साँच्चै नै राम्रो देखिनका लागि चस्मा लगाउनेहरूले शृङ्गारका सामानहरूमा पनि ध्यान दिनुपर्दछ । ठूलो माइनस पावरको चस्मा लगाउनेहरूको आँखा सानो देखिन्छ । यस्ता महिलाहरूले मसिनो तर चहकिलो मेकअप (आइलाइनर ) लगाउँदा राम्रो देखिन्छ। त्यस्तै ठूलो प्लस पावरको चस्मा लगाउँदा आँखा ठूलो देखिने हुँदा बाक्लो गाजल लगाउँदा न्याचुरल साइजजस्तो देखिन्छ।

फ्रेम छनोट गरिसकेपछि अब पालो आयो लेन्स छनोट गर्ने राम्रो फ्रेम छनोट भएन भने मानिसलाई सुहाउँदैन तर लेन्स छान्न जानिएन वा हेलचक्रयाइँ भयो भने दृष्टिलाई नै असर गरी दीर्घकालीन समस्या पनि पार्न सक्छ। यदि गतिलो लेन्स भएन भने धमिलो मात्र देखिने होइन, इन्द्रेणी देखिने, बांगोटिङ्गो देखिने तथा थोरै क्षेत्र मात्र देखिने पनि हुनसक्छ। अतः लेन्स छान्नमा खुब होसियारी हुनुपर्दछ।

चस्माको पावर बढ्दै जाँदा लेन्सको आकार-प्रकार पनि बढ्दै जान्छ। बढी पावर हुनेहरूको चस्मा बाक्लो, गहाँ बन्न पुग्दछ । यसैले बढी पावर हुनेहरूले प्लाष्टिकको लेन्स प्रयोग गर्नु राम्रो हुन्छ। सामान्य प्लाष्टिक छिटो कोरिने हुनाले नकोरिने (स्क्यार्च रेसीस्टेन्ट: Scratch resistant) लेपन भएको प्लाष्टिक छान्नुपर्दछ । यस्तै सानो किसिमको लेन्स छान्नाले चस्मा हलुका मात्र देखिने होइन चस्माको बाक्लोपना पनि कम हुन्छ। जहिले पनि ठूलो पावरको चस्मा लगाउनेहरूले चस्मालाई जतिसक्यो उति आँखाको नजिक राख्नुपर्दछ।

खेल्दाखेरि तथा उद्योगधन्दा आदि ठाउँहरूमा काम गर्दा आँखामा चोटपटक लाग्ने सम्भावना बढी हुन्छ । यसैले पोलिकार्बोोंट प्लाष्टिकको चस्मा प्रयोग गर्नु राम्रो हुन्छ । यस्तै चञ्चले बच्चाहरू तथा एउटा आँखाको दृष्टि गुमिसकेकाहरूले पनि यस्तै बलिया लेन्स भएका चस्मा लगाउनुपर्दछ ।

बुढ्यौली लागेकाहरूलाई नजिक तथा टाढा दुवै दूरीको दृष्टि समस्या हुन सक्ने हुनाले यस्ता व्यक्तिहरूले नजिक र टाढाको बेग्लाबेग्लै पावर भएको (वाइफोकल) चस्मा लगाउनुपर्ने हुन्छ। एउटै लेन्समा दुईवटा पावर हुनुपर्ने हुँदा बाइफोकल चस्मा अलि ठूलो आकारको भएमा सजिलो हुन्छ। अन्यथा तलमाथि देखिने, बांगोटिंगो देखिने तथा सुरुसुरुमा रिंगटा लाग्ने पनि हुन सक्दछ ।

लेन्सजस्तो नै छाने पनि, अनि फ्रेम जुनसुकै किसिमको भए पनि चस्मा लगाउँदा जहिले पनि दृष्टिरेखा लेन्सको केन्द्रबिन्दुबाट पास भएको हुनुपर्दछ ।

आजभोलि दृष्टि कमजोरी नभए पनि विभिन्न प्रयोजनका लागि धेरै मानिसले चस्मा (गगल्स) लगाएका हुन्छन् । तर गगल्स लगाउँदा पनि विभिन्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । सामान्यतया धूवाँ-धूलो तथा किटपतङ्गलाई जस्तोसुकै गगल्सले पनि छेकिहाल्छ तर यस्ता गगल्स अलि ठूलो साइजको हुनुपर्दछ। चोटपटक लाग्नबाट बच्नका लागि पोलिकार्बोनेट प्लाष्टिकको गगल्स नै लगाउनुपर्दछ भने घाममा काम गर्नुपर्ने मान्छेहरूले हानिकारक विकिरणबाट बच्नका लागि यु भी फिल्टर वा इन्फारे फिल्टर/ शोषक लेन्सले बनेका गगल्स लगाउनुपर्दछ। त्यस्तै कलरभिजन खराब भएकाहरूले कलर इनहान्सिङ्ग गगल्स लगाएर केही हदसम्म भए पनि रंगहरू छुट्याउन सजिलो हुन्छ ।

दृष्टि कमजोर भएर चस्मा लगाउनेहरूको पावर परिवर्तन हुन सक्ने हुनाले नियमित परीक्षण गराउनुपर्दछ । त्यस्तै चस्माको सरसफाइमा पनि ध्यान पुयाउनुपर्ने हुन्छ । चश्मा कोतरीएर यसको पावर नै यताउता हुन सक्छ भने यसमा पारदर्शितामा पनि ह्रास आएको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *